अमेरिकामा नेपाली कांग्रेसको राजनीति गर्न पाउनेगरी नेपाली जनसम्पर्क समिति दर्ता भएको छ ।
मेरिल्याण्ड राज्यका सुभाष घिमिरे सभापति तथा क्याल्फोर्निया राज्यकी क्रान्ति अर्याल भण्डारी महामन्त्री रहेको र संयुक्तराज्य अमेरिकाको कानून बमोजीम 501(C)4 अन्तर्गत क्यालिफोर्निया राज्यमा दर्ता भएको यस समितिले अब अमेरिकामा वैधानिक तवरले नै नेपाली जनसम्पर्क समिति अमेरिकाको नामबाट नेपाली काग्रेसको राजनीतिक गतिबिधि सञ्चालन गर्न पाउने बताइएको छ।

“म एकदम खुशी छु । महामानव स्वर्गीय वी. पी. कोइरालाको विचार अंगीकार गरेका आम नेपालीहरु अमेरिकी भूमिमा पनि संगठित भएर बस्न पाउने गरी संस्था स्थापना गर्ने हाम्रो चाहनाले मूर्त रूप पाएको छ ।” नवगठित समितिका केन्द्रीय सभापति सुभाष घिमिरेले बताए । “अमेरिकामा यस्तो किसिमको अधिकार सहितको यो नै पहिलो संस्था भएकोले अमेरिकाबासी आम नेपालीहरूका लागि यो एउटा महत्वपूर्ण ऐतिहासिक उपलब्धि हो ।” उनको भनाइ छ ।
त्यसैगरी समितिकी केन्द्रीय महामन्त्री क्रान्ति अर्याल भण्डारीले
सत्यतामा अडिग रहेर इमान्दारितापूर्वक पनि राजनीति गर्नसकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न सुभाष घिमिरेज्यूको नेतृत्वमा आफूहरू अगाडि आउनुपरेको बताइन् । “विगतमा नेपाली जनसम्पर्क समितिको नाममा अमेरिकामा नेतृत्व गर्नेहरूले नैतिक धरातलमा टेकेर उभिन सकेको भए हामी यसरी आउनुपर्ने नै थिएन । अब त्यो युग समाप्त भएको छ । सत्य र निष्ठाको युग प्रारम्भ भएको छ ।” उनको भनाइ छ ।
कार्य समितिका उपसभापतिहरुमा ईन्द्र सिटौला, सागर पन्थी रहेका छन् । सहमहामन्त्रीमा बिष्णु बराल, सचिवमा सुमन आचार्य र कोषाध्यक्षमा बिनी पाण्डे रहेका छन ।
समितिका सदस्यहरुमा दीप चटौत, डाक्टर सन्तोष घिमिरे, ज्योती बराल, कुशुम दाहाल, नवराज आचार्य, गोपिकृष्ण भट्टराई, प्रमोद गौतम, संजीव उप्रेती, रोमन श्रेष्ठ, स्वरुप ज्ञवाली, डाक्टर प्रकाश पराजुली, शुशील खत्री, चेतराज उपाध्याय, दीपेश लामा, कुशुम भण्डारी, राघव लामिछाने, रमेश लामा, प्रिती काफ्ले, शैलेश आचार्य, दिपक घिमिरे र कमला गुरुगं रहेका छन ।
यो समितिको सल्लाहकारहरु सोमनाथ घिमिरे, आशा वत्स दाहाल र गीता कंडेल दवाडी रहेका छन ।