काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न १० वटा भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ र नेपाल थारु सङ्घको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् ।
२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
संयोजकहरुको सुची यसप्रकार छ ।

