Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

घिसिङलाई पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टीको उपसभापति बन्नु उचित हो ?

घिसिङलाई पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टीको उपसभापति बन्नु उचित हो ?

नेप्लिज डायस्पोरा

१५, पौष २०८२
images
घिसिङलाई पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टीको उपसभापति बन्नु उचित हो ?

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनेकोप्रति प्रश्न गरेका छन् ।

सोमबार साँझ ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति बनेका हुन् ।

सभापति रवि लामिछाने र बालेन्द्र साहले कुलमानलाई उपसभापति बनाउने निर्णय गरेसँगै कुलमान रास्वपामा आफ्नो पार्टी उज्यालो नेपालसहित समाहित भएका हुन् ।

गैरदलीय चुनावी सरकारका मन्त्रीले राजीनामा नदिई पार्टी उपसभापति बनेको भन्दै पोखरेलले आपत्ति जनाएका छन् ।

‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु—कति उचित हो ?’, महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।

images
प्रकाशित मिति :पौष १५, २०८२ मंगलवार - २३:२३:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend